• बुधबार, साउन १३ २०८३

६ कर्मचारीलाई कोरोना पुष्टि भएपछि वडा कार्यालय बन्द


मंगलबार, बैशाख ७ २०७८
665
Shares


काठमाडौं । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर—१ को कार्यालय बन्द गरिएको छ ।

८ जना कर्मचारी मध्ये ६ जनामा संक्रमण पुष्टि भएपछि जोखिमलाई मध्यनजर राखेर परिस्थिति अनुकुल नभएसम्मका लागि वडा कार्यालयबाट प्रदान गरिने सेवा बन्द गरिएको वडाध्यक्ष प्रमोद रिजालले जानकारी दिए ।

वडाध्यक्ष रिजालका अनुसार दुई जना कर्मचारीको रिपोर्ट शनिबार र चारजनाको रिपोर्ट सोमबार राति आएको बताए ।

संक्रमण पुष्टि भएका सबै जना कर्मचारी होमआइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको वडाध्यक्ष रिजालले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार