• मंगलबार, असोज १३ २०८३

दिवेशले दिए अमेरिकन आइडलमा दमदार प्रस्तुती (भिडियो)


मंगलबार, बैशाख ७ २०७८
535
Shares

काठमाडौं । नेपाली मुलका अमेरिकी गायक दिवेश पोखरेल ‘अर्थर गन’ले अमेरिकन आइडलको मञ्चमा पुनर्आगमन गर्दा दमदार प्रस्तुती दिएका छन्।

शीर्ष १० मा पुग्नका लागि दिवेशले सोमबार राति अमेरिकन आइडलमा प्रस्तुती दिएका हुन्। उनले रक ब्यान्ड गो गो डल्सको ‘इरिस’ बोलको गीत गाएका थिए।

उनको प्रस्तुतीसँगै तीनै जजहरु उठेर उनको लागि तालि बजाएका थिए। दिवेशको गायकीको प्रशंसा गर्दै उनीहरुले दिवेश स्टार कलाकार भएको बताएका थिए।

दिवेश पोखरेल गतवर्ष नै सम्पन्न भएको अमेरिकन आइडलका चर्चित प्रतिस्पर्धी हुन्।

बिलबोर्ड वेबसाइटका अनुसार कोरोना भाइरसका कारण केही प्रतिस्पर्धीले ठूलो स्टेजमा कार्यक्रम गर्ने पर्याप्त मौका नपाएको भन्दै गतवर्षका १० प्रतिस्पर्धीलाई अमेरिकन आइडलले दोस्रो मौका दिने अभिप्रायका साथ यस सिजनमा पनि स्थान दिएको हो।

गत सिजनका दश जनामध्ये एक जना भोटको आधारमा यस सिजनको टप १० मा एकैपटक प्रवेश गर्नेछन्।

गतवर्ष प्रतिस्पर्धामा दोस्रो भएको उनले यसपटक यो उपाधि जित्ने लक्ष्य लिएका छन्। दिवेशले आफ्नो फेसबुक पेजमा आफू अमेरिकन आइडलमा सहभागी भएको भन्दै भोट मागेका छन्।

सोमबारको प्रस्तुतीसँगै उनलाई हामीले ६ दिन अर्थात् २६ अप्रिलसम्म भोट गर्नसक्छौं।

https://youtu.be/kr5Rc83Ym2o

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार