• मंगलबार, असोज १३ २०८३

यात्रुबाहक बस चढेर लागुऔषध ओसारपसार


मंगलबार, बैशाख ७ २०७८
500
Shares

काठमाडौं । यात्रुबाहक बसमा लागुऔषध लिएर काठमाडौं नाका छिरिरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिरहा नगराजपुर गाँउपालिका—४ का २५ वर्षीय सुनिलकुमार यादव र मोरङ रंगेली नगरपालिका—८ का २६ वर्षीय सुमन भण्डारी छन्।

दुबैलाई नागढुंगाबाट खटिएको टोलीले सोमबार बिहान पक्राउ गरेको हो।

उनीहरू छुट्टाछुट्टै बसमा लागुऔषध लिएर काठमाडौं आइरहेका थिए।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार ना८ख ८००२ र ना७ख ७७३० नम्बरको यात्रुबाहक बसमा आउँदैथिए।

ती बस विराटनगरबाट छुटेका थिए। बसबाट लागुऔषध डाइजेपाम, फनरागन, नुफिन ७४३ एम्पुल र नाइट्रोभेट ट्याबलेट १४३ थान बरामद भएको परिसरले जनाएको छ।

दुबैलाई हिरासतमा लिएर कारबाही थालिएको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार