काठमाडौं । कोरोना संक्रमणका कारण बाँकेमा थप दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा कोहलपुरकै दुईजनाको मृत्यु भएको हो ।

कोहलपुर नगरपालिका२ बर्दवाका ३५ वर्षीया महिलाको सोमबार दिउँसो ३ बजे र ७७ वर्षीय पुरुषको राति ९ बजे मृत्यु भएको हो । महिला र पुरुष दुवैलाई सोमबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।
मृतक पुरुषमा दम र क्षयरोगसमेत थियो । यससँगै बाँकेमा कोरोनाले मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।