• मंगलबार, साउन २६ २०८३

शेर्पा माथि लगाईएको आरोप नियोजित – जनजाती महासंघ यूएई


सोमबार, बैशाख ६ २०७८
1.3K
Shares

यूएई : नेपाल आदिवासी जनजाती महासंघ युएईले पासाङ्ग शेर्पालाई लगाइएकाे आराेप नियाेजित भएकाे दाबी गरेकाे छ ।

कोभिड -१९ को समयमा एनआरएनए आईसिसीद्वारा विभिन्न देशमा संचालन गरिएको कोभिड -१९ को कारण अलपत्र  परेका नेपालीहरुको निम्ति उद्दार गर्ने परियोजनामा मध्यपुर्वको देश युएईमा व्यापक आर्थिक अनिमियतता भएको र उक्त अनिमियततामा नेपाल आदिवासी जनजाती महासंघ युएईका संरक्षण समितिका संयोजक पासाङ्ग शेर्पा पनि सम्मिलित भएको भन्ने समाचारहरु प्रकाशित भए पछि महासंघ आफ्नै आन्तरिक अध्ययन गरी एक विज्ञप्ति मार्फत आराेप निराधार भएकाे निष्कर्ष  सार्बजनिक गरेको हाे ।

अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) द्वारा प्राप्त सहयोगबाट संचालित परियोजना युएईको  एनआरएनए एनसिसी युएईले संचालन गर्न अस्विकार गरेकोले  एनआरएनए आईसिसीले आफ्नै निगरानीमा एनसिसी युएईका अध्यक्ष प्रकाश कोईराला मार्फत संचालन गरेको पाईएको र अध्यक्ष र आईसिसिको निर्देशनमा शेर्पाले माग गरे अनुसारको आवश्यक सहयोग मात्र गरेको महासंघले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ l

पटक पटक अध्यक्ष कोइरालाले सम्पूर्ण आर्थिक कारोबार, रकम भुक्तानी सबै आफैले गरेको र एनसिसी युएईका उपाध्यक्ष समेत रहेका शेर्पाको कुनै संलग्नता नरहेको भिडियो, अडियो, लिखित डकुमेन्ट समेत भेटिएकोले बजारमा हल्ला गरिए जस्तो यस कार्यमा शेर्पाको कुनै संलग्नता पुष्टि नभएको प्रष्ट पारेको हो l 

छानबिन समितिले तयार गरेको प्रतिवेदन भन्दै सम्बन्धित निकायमा पेस गर्नुको सट्टा बजारमा सार्बजनिक गरिएको अनाधिकृत पत्रको हवाला दिंदै व्यक्तिगत रुपमा चरित्र हत्या गर्ने उदेश्यले शेर्पा माथि लगाईएको सबै आरोपहरु महासंघले खारेज गर्दै शेर्पा माथि लगाईएको आरोप पुष्टि भएन भन्ने निष्कर्ष सार्बजनिक गरेको छ l सो अनाधिकृत पत्रमै लगाईएको आरोपको आधारहरु अध्यान गर्दा सबै पूर्वाग्रही पाईएको महासंघले जनाएको छ l

बरदुबई जस्तो ठाउँमा दिराम ७.५० मा खाना खुवाउनु आफैमा सस्तो दर र दिराम २५०० प्रति महिना एउटा कोठाको भाडा तिर्नुमा अनिमियतता भएको मान्न महासंघले अस्विकार गरेको छ l सो दर भाउहरु पनि अध्यक्ष कै सहमतिमा निर्धारण भएको र वहाबाट निर्धारित रकम नै भुक्तान लिई सम्बन्धित व्यक्तिलाई प्राप्त गरेको भौचर सहित भुक्तान गरेको पाईएकोले शेर्पाद्वारा अनिमियतता भएको पुष्टि नहुने महासंघको निष्कर्ष रहेको छ l   

प्रचारित पत्रमा शेर्पा माथी लगाईएका अन्य आरोपहरु पनि अदृश्य साक्षीको हवाला दिएर लगाईएको पाईएकोले कपोकल्पित र बदनियत पूर्ण रहेको महासंघले ठहर गरेको छ, विज्ञप्तिमा भनिएको छ l 

नेपाल आदीवासी जनजाती महासंघ युएईका महासचिव र आवद्ध १० जातीय संस्था प्रमुखहरुद्वारा हस्ताक्षरित विज्ञप्ती यसै साथ तल प्रकाशित गरिएको छ l

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार