
गोरखा । कोरोना संक्रमणका कारण गोरखामा एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको भीमसेन थापा गाउँपालिका–१ मसेलका ७९ वर्षीय वृद्धको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भएको छ ।

उक्त गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालका अनुसार चितवनको मेडिकल कलेजमा उपचारका लागि पुगेका उनको कोरोना संक्रमण पुष्टि भएको थियो ।
उपचारपछि घर ल्याएर होम आइसोलेशनमा राखिएका वृद्धको दुई दिन पछि आइतबार राती मृत्यु भएको उनले बताए । उनमा स्वासप्रश्वासको समस्या देखिएपछि उपचारका लागि चितवन लगिएको थियो ।


उनको शव आवश्यक स्वास्थ्य र सुरक्षा सावधानीका साथ अन्त्यष्टी गरिएको छ । १५ जना मलामी गएर जम्मा ४ जनाले मात्र शव व्यवस्थापन गरेको खनालले जानकारी दिए । मलामी तथा परिवारका सदस्य सबैलाई होम आइसोलेशनमा राखिएको छ ।
केही दिनभित्र उनीहरुको कन्ट्याक्ट टे«सिङ गर्ने तयारी गाउँपालिकाको तयारी छ ।
