• मंगलबार, साउन २६ २०८३

खुलेको ३ महिनापछि सिनेमा हल फेरि बन्द


सोमबार, बैशाख ६ २०७८
740
Shares

काठमाडौं । संचालनमा आएको ३ महिनापछि सिनेमा हल फेरि बन्द भएका छन् । शहरी क्षेत्रका चलचित्र भवनहरु बन्द गर्ने निर्णय सरकारले गरेको छ ।

शहरी क्षेत्रमा कोभिडको जोखिम बढेको भन्दै आज बसेको मन्त्रीपरिषद्को बैठकले विद्यालय, चलचित्र भवन, रात्रीकालिन व्यवसाय लगायतका क्षेत्र बन्द गर्ने निर्णय गरेको हो ।

हल खुलेको ३ महिनासम्म केही नयाँ विदेशी र नेपाली चलचित्र रिलिज भएका थिए । तर, चलचित्र भवनमा दर्शकको उपस्थिती न्यून देखिएको थियो ।

वैशाख मसान्तसम्म चलचित्र भवनहरु बन्द भएपछि चलचित्र क्षेत्र कहिलेबाट चलायमान हुन्छ भन्ने अनुमान लगाउन नसकिने अवस्था सिर्जना भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार