• बुधबार, साउन १३ २०८३

कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु


सोमबार, बैशाख ६ २०७८
615
Shares

काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कोहलपुर नगरपालिका—१४ का ७५ वर्षीय पुरुषको आइतबार राति १२ बजे मृत्यु भएको हो ।

पक्षघातसम्बन्धी रोगको उपचार गराएर वैशाख ४ गते भारतबाट फर्केका उनी नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका थिए । आइतबार गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

स्वास्थ्यमा सुधार हुने संकेत नदेखिएपछि चिकित्सकसँगको समन्वयमा परिवारजनले उनलाई घरमै लगेर गएका थिए । परिवारजनका अनुसार आइतबार राति १२ बजेको समयमा उनको मृत्यु भएको फोकल पर्सन ओलीले बताए ।

योसँगै बाँकेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६१ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार