पोखरा ।गण्डकी प्रदेश सरकारले चैते दशैँको उपलक्ष्यमा सार्वजानिक बिदा निर्णय गरेको छ ।



चैत १७ गतेको मन्त्री परिषदको बैठकले चैते दशैँको अवसरमा बैशाख ७ गते मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको गण्डकी प्रदेश सरकारले जानकारी दिएको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै सो दिन प्रदेशभित्रका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक संस्थानहरु विदा हुने जनाएको छ ।

यसअघि गोरखा नगरपालिकाले रामनवमीको दिन बैशाख ८ गते गोरखा नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
