• मंगलबार, असोज १३ २०८३

जिप दुर्घटना हुँदा चालकको मृत्यु


सोमबार, बैशाख ६ २०७८
995
Shares


जिप भीरबाट खस्दा तेह्रथुममा एक जनाको मृत्यु भएको छ।

तेह्रथुम ७ लाप्छायाङ टोलमा जिप अनियन्त्रित भई आइतबार राति भीरबाट खस्दा त्यसका चालकको मृत्यु भएको हो।

प्रहरीका अनुसार राति ९ बजे म्याङलुङबाट मोराहाङतर्फ जाँदै गरेको को१ज ३४०९ को जिप आफैं अनियन्त्रित भएर सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको थियो।

सो दुर्घटनामा परी जिप चालक तेह्रथुम मेन्छायायेम गाउँपालिका—५ का ४६ वर्षीय कृष्ण खापुङ गम्भीर घाइते भएका थिए।

घाइते खापुङको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा राति सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ। जिपमा अन्य सवार कोही नभएको सो कार्यालयले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार