• मंगलबार, साउन २६ २०८३

त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सले मलेसियालाई हरायो


आइतबार, बैशाख ५ २०७८
540
Shares


काठमाडौं । त्रिकोणात्मक टी—२० सिरिजमा नेदरल्यान्ड्सले मलेसियामाथि जित हात पारेको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेदरल्यान्ड्सले मलेसियालाई १५ रनले हराएको हो।

नेदरल्यान्ड्सले दिएको १९२ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभर ८ विकेटको क्षतिमा १७६ रन बनाउन सक्यो। मलेसियाका लागि विरनदिप सिंहले सर्वाधिक ८७ रन जोडे। उनले ५३ बलमा ६ चौका र ६ छक्का प्रहार गरे। बलिङमा नेदरल्यान्ड्सका आर्यन दत्त, सेबास्टियन ब्रात र डि लिडले २/२ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सका लागि म्याक्स ओ’डाउडले शतक प्रहार गरे। उनले ५९ बलमा शतक पूरा गरे। नटआउट रहेका उनले ७३ बलमा १३३ रन जोडे। उनले १५ चौका र ६ छक्का हिर्काए। यो डच टिमका लागि टी—२० अन्तर्राष्ट्रियमा अहिलेसम्मकै उच्च स्कोर हो।

म्याक्सको शतकमा नेदरल्यान्ड्सले २ विकेटको क्षतिमा १९१ रन जोडेको थियो।

यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो। सिरिजमा नेपालले दोस्रो खेल सोमबार मलेसियासँग खेल्नेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार