कोरोना संक्रमणका कारण वीरगञ्जमा थप एकजना महिलाको मृत्यु भएको छ । वीरगञ्ज–१६ नगवा बस्ने ५१ वर्षीया महिलाको मृत्यु भएको हो ।
नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचारको क्रममा दिउँसो १ः४० बजे उनको मृत्यु भएको डाक्टर निरज सिंहले जानकारी दिए ।

ज्वरो, खोकी लागेपछि उनलाई शनिबार उपचारका लागि नारायणी अस्पताल ल्याइएको थियो ।
उपचारको क्रममा उनलाई निमोनिया भइसकेको पत्ता लागेको थियो । नारायणी अस्पतालकै प्रयोगशालामा गरिएको पीसीआर परीक्षण रिपोर्ट पनि पोजेटिभ थियो ।