

गोरखा। गोरखाका विभिन्न क्षेत्रमा पाँच दिन विद्युत अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्र अन्र्तगत खोप्लाङ फिडरबाट बितरण गरिएको शहिद लखन गाउँपालिका, भीमसेन थापा गाउँपालिका लगायतका केही क्षेत्रमा ५ दिन विद्युत अवरुद्ध हुने भएको हो ।

प्राधिकरणले शहिद लखनको बुङकोट–नाम्जुङ सडक खण्ड अन्र्तगत सडकस्तरोन्नतीको कार्य भइरहेकाले ति क्षेत्रमा विद्युतको पोल स्थानान्तरण गर्न बिहान १० बजेदेखि ५ बजेसम्म विद्युत अवरुद्ध हुने प्राधिकरणद्धारा जारी सूचनामा उल्लेख छ ।
प्राधिकरणले खोप्लाङ फिडरमा पर्ने स्थानहरु बुङकोट, खाब्दी भञ्याङ, मकैपुर, रानीस्वांरा, क्यामुन्टार, सिमलटार, नाम्जुङ लगायतका क्षेत्रमा विद्युत अवरुद्ध हुने जनाएको छ ।

तोकिएको समय अगाबै काम सम्पन्न भएन निर्धारित समय भन्दा अघि पनि नियमित विद्युत सूचारु हुने प्राधकिरणद्धारा जारी सूचनामा जनाइएको छ ।
