• मंगलबार, साउन २६ २०८३

युथ कम्युनिटी क्लब गोरखा शाखाको संयोजकमा विनोद अर्याल


आइतबार, बैशाख ५ २०७८
1.8K
Shares

गोरखा । युथ कम्युनिटी क्लब गोरखा शाखाको संयोजकमा विनोद अर्याल चयन भएका छन् । शनिबार गोरखा सदरमुकाममा युवा ब्यवसायीहरुको भेलाले अर्यालको संयोजकत्वमा क्लबको गोरखा शाखा विस्तार गरेको होे ।

युवा ब्यवसायीहरुको हक हितका साथै सञ्जाल निर्माण गर्ने र बिभिन्न जिल्ला र क्षेत्रका ब्यवसायीविच सहकार्य गर्ने उदेश्यले पोखरामा स्थापना भएको क्लबको शनिबार गोरखामा शाखा विस्तार गरिएको हो ।

नयाँ बजार स्थित विज्ञान पोलिक्लिनिक तथा अर्याल मेडिकल हलका सञ्चालक विनोद अर्यालको संयोजकत्वमा पाँच सदस्यिय समिति निर्माण भएको हो । जसको सदस्यहरुमा बालकृष्ण परियार, किसान थापा मगर, प्रेमध्वज थापा मगर र सुमेन्द्र श्रेष्ठ रहेका छन् ।

त्यस्तै भेलाले भाइचन्द्र श्रेष्ठ र विष्णु राना मगरलाई सल्लाहकारमा चयन गरेको क्लबले जनाएको छ । कार्यक्रममा क्लबका केन्द्रिय उपाध्यक्ष जयन्ती मोक्तान, सचिव कृष्ण प्रसाद दाहाल र सदस्य अनिल श्रेष्ठको उपस्थिती रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार