काठमाडौं । कारोबारको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार शुक्रबार ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावला सुन सो दरले बढेर आइतबार ९० हजार ७ सय रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य १३ सय रुपैयाँले स्थिर छ।
पछिल्लो समय सुनचाँदीको मूल्य केही रकमले थपघट भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।