• मंगलबार, साउन २६ २०८३

विपन्न विद्यार्थीलाई एकिकरणले दियो शैक्षिक सामाग्री


आइतबार, बैशाख ५ २०७८
765
Shares

गोरखा । विपन्न विद्यार्थीहरुलाई एकिकरण नामक संस्थाले शैक्षिक सामाग्री सहयोग गरेको छ ।

गोरखा नगरपालिका १२ को महेन्द्र माध्यामिक विद्यालयका १२ जना विद्यार्थीलाई ह्याण्डिक्राप्ट इन्टरनेशनलको आर्थिक सहयोगमा एकिकरण नेपालले शैक्षिक सामाग्री वितरण गरेको हो ।

आर्थिक रुपमा विपन्न परिवारका बालबालिकाहरु कोभिडका कारण झनै जोखिममा परेको भन्दै परिवार र विद्यालयको अनुरोधमा उनिहरुलाई झोला, कापी, टिफिन बक्स, कलम, पेन्सिल, जोमेट्रिक लगायतका साामग्रीहरु सहयोग गरिएको एकिकरणका कार्यकारी निर्देशक हरी देवकोटाले जानकारी दिए ।

उनिहरुलाई शुक्रबार विद्यालयमा पुगेर गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले सो सामाग्री हस्तान्तरण गरेका हुन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार