• मंगलबार, असोज १३ २०८३

देवरले गरे भाउजूको हत्या


आइतबार, बैशाख ५ २०७८
615
Shares


काठमाडौं । देवरले भाउजूको हत्या गरेका छन्।

काठमाडौं महानगरपालिका वडा नम्बर १० बुलबुलेमार्गका ४८ वर्षीय मोहन राज भण्डारीले आफ्नी भाउजू ४८ वर्षीया रोशनी राज भण्डारीको हत्या गरेको प्रहरीले जनाएको छ। घटना शनिबार बेलुकी सात बजेतिरको हो।

बाटोमा हिडिँरहेकी रोशनीलाई मोहनले लखेटेर रडले हिर्काएको प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले बताए।

लामको रड प्रहार भएपछि गम्भीर घाइते भएकी रोशनीलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो।

चिकित्सकहरूले उनलाई शनिबार राति आठ बजे मृत घोषीत गरेका थिए।

प्रहरीले मोहनलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको जनाएको छ। मोहनलाई बानेश्वर वृत्तमा राखिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार