• मंगलबार, साउन २६ २०८३

६ वर्षमा लाप्राकीले बल्ल पाउने भए नयाँ घर


आइतबार, बैशाख ५ २०७८
835
Shares

गोरखा । गैरआवासीय नेपाली संघ एनआरएनएले निर्माण गरेको गोरखाको लाप्राकस्थित गुप्सीपाखाको बस्ती आउँदो वैशाख ९ गते हस्तान्तरण गरिने भएको छ।

०७२ सालमा गोरखा केन्द्र बिन्दु बनाएर गएको भूकम्पले लाप्राकीका घर भत्केका थिए।
एनआरएनएले गत २०७३ सालको फागुन महिनादेखि बस्ती निर्माणको काम सुरु गरेको थियो ।

पाँच बर्षको अवधिमा पाँचसय ७३ वटा घर निर्माण गरेको छ । सबै घर एउटै साइज, एउटै डिजाइनअनुसार निर्माण भएका छन् । घर भत्केको करिब ६ वर्षमा लाप्राकीले अब नयाँ घर पाउने भएका छन्।

लाप्राक गाउँभन्दा करिब आधा घण्टा माथि गुप्सीपाखामा एकीकृत नमूना बस्ती निर्माण गरिएको हो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवाली र एनआरएनएका अध्यक्ष कुमार पन्तले संयुक्त रुपमा धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङलाई बस्ती हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

यो बस्ती निर्माणमा एनआरएनएका पूर्वअध्यक्ष शेष घले र सल्लाहकार जमुना गुरूङको योगदान रहेको अध्यक्ष पन्तले बताएका छन्।

एक परिवारका लागि यहाँ बनाइएको घरमा दुई कोठा छन्। बस्ती निर्माणमा नेपाली सेना र स्थानीय बासिन्दाले पनि श्रमदान गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार