काठमाडौं । जय पशुपति इम्पेक्सका प्रोप्राइटर रेखादेवी दाससहित पाँच जनाविरूद्ध मुद्दा दर्ता भएको छ।
राजश्व अनुसन्धान विभागले बिहीबार उनीहरूविरूद्ध १ करोड १३ लाख पाँच हजार बिगो माग्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।

उनीहरूलाई बिगो जफत, जरिवाना र कैद सजाय माग गरिएको विभागले जनाएको छ।
दास तथा भन्सा प्रतिनिधि सुरेन्द्रबहादुर श्रेष्ठले मिलेमतोमा राजश्व छलेको विभागको दाबी छ।
उनीहरूले भारतीय ट्रकमा सिसाको खाली बोतल आयात गर्थे। सो बोतलले छोपेर पोते लुकाइछिपाइ ल्याउँथे। तर, पोतेको राजश्व तिरेको कतै पनि नदेखिएको विभागको अनुसन्धानले देखाएको छ।
सो कम्पनीले ११ लाख ३५ हजार ८८७ रुपैयाँ भन्सार, ४६ लाख ७३ हजार २०४ मूल्य अभिवृद्धि कर र ५४ लाख ९६ हजार ४२३ रुपैयाँ आयकर छलेको विभागले जनाएको छ।
