काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोनाभाइरस महामारी बढेकोले जोखिम हेरेर स्थानीय तहहरूले आफ्नो क्षेत्रका विद्यालय बन्द गर्ने वा नगर्ने निर्णय गर्न सक्ने बताएको छ।

शिक्षा मन्त्रालयका प्रवक्ता सहसचिव दीपक शर्माले शुक्रबार विज्ञप्ति निकालेर कोरोना बढेकोले विद्यालयमा अनावश्यक भिडभाड हुने खालका वार्षिक उत्सवजस्ता कार्यक्रम नगर्न भनेका छन्।
साथै विद्यालय सञ्चालन गर्दा स्वास्थ्य सम्बन्धी सबै मापदण्ड पूर्ण रूपमा लागू गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।
