गोरखा । गोरखाकी पूर्णिमा श्रेष्ठसहित चार महिलाले अन्नपूर्ण (पहिलो) हिमालको सफल आरोहण गरेका छन्।



फोटो पत्रकारसमेत रहेकी आरोही श्रेष्ठसहित चार जना महिलाले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका हुन्।
गोरखा आरूघाट गाँउपालिकाकी श्रेष्ठले यसअघि सगरमाथाको सफल आरोहण गरिसकेकी थिइन्।
श्रेष्ठसहित चार जना महिला आरोहीले ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको सफल आरोहण शुक्रबार गरेका हुन्।

उनीहरू सेभेन समिट ट्रेकिङ एजेन्सीबाट गएका थिए।
उनीहरूले अन्नपूर्णको सफल आरोहणसँगै उक्त हिमाल चढ्ने महिला आरोहीको कीर्तिमानी पनि राखेका छन्।
यो आरोहण टिममा १० जना रहेको सेभेन समिटले जनाएको छ।
