काठमाडौं । १८३ जनाको नमुना परीक्षण गर्दा बाँकेको भेरी अस्पतालमा १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका मेसु डा. प्रकाशबहादुर थापाका अनुसार पछिल्लो २४ घण्टामा १८३ जनाको नमुना परीक्षण गर्दा १२७ जनामा संक्रमण पुष्टि भएको हो ।
उनका अनुसार संक्रमण दर ६९.४ प्रतिशत हुन आउँछ । कोरोना संक्रमण पुष्टि भएका १२७ जना मध्ये ५ जना अस्पतालका कर्मचारी समेत रहेको उनले बताए ।
एकै दिन यति धेरै संख्यामा संक्रमित पहिचान भएको विगत एक वर्षमा यो पहिलो पटक भएको डा. थापाले बताए ।

मेसु डा. थापाका अनुसार कोरोना संक्रमित मध्ये ७ जना भेन्टिलेटरमा, ४० जना आईसीयूमा र ४३ जना कोभिड वार्डमा राखेर उपचार भइरहेको छ ।