• मंगलबार, साउन २६ २०८३

तोलामा ९० हजारभन्दा माथि पुग्यो सुनको भाउ


शुक्रबार, बैशाख ३ २०७८
600
Shares

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको भाउ ४२ दिनपछि तोलामा पुनः ९० हजार रुपैयाँ भन्दा माथि पुगेको छ ।

शुक्रबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९० हजार पाँच सय रुपैयाँ कायम भएको छ । जुन अघिल्लो कारोबार दिनको तुलनामा तोलामा सात सय रुपैयाँले बढी हो ।

शुक्रबारको सुनको भाउ गत फागुन ११ गते यताकै सबैभन्दा धेरै भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको प्रतितोला भाउ १० रुपैयाँले बढेर एक हजार तीन सय रुपैयाँ पुगेको छ । बिहीबार चाँदी एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार