गोरखा । लामो समयदेखी गाँउमा आतंक मच्चाउदै आएको चितुवा स्थानीयले बनाएको खोरमा परेको छ ।

जिल्लाको गण्डकी गाँउपालिका— ५ दर्बुङको सयमुरेमा पासो थाप्नको लागी स्थानीयले बनाएको खोरमा चितुवा परेको हो ।
दर्बुङको सयमुरे, राइथोक रानागाँउलगायतका टोलमा दर्जनै चौपाया मार्ने मध्येको एक चितुवा पासोमा परेको स्थानीयले जानकारी दिए ।


दुई महिनाको अवधीमा चितुवाले रानागाँउमा १७ वटा बाख्रा र गोरु, सयमुरेमा १० वटा गाईगारु र राइथोकमा ५ वटा वंगरु तथा ५ भन्दा बढी बाख्रा मारेको स्थानीयले बताए ।
गाँउमा चितुवाको आतंक बढेपछि स्थानीय किसानहरुले डिभिजन वन कार्यलयसंगको समन्वयमा एक महिना अघी नै खोर बनाएको थियो ।

खोरमा परेको चितुवा डिभिजन वन कार्यलयको जिम्मा लगाउने तयारी भई रहेको स्थानीयको भनाई छ ।