• मंगलबार, साउन २६ २०८३

तीन दिनदेखी बेपत्ता गोरखाका युवक झुण्डीएको अवस्थामा मृत फेला


शुक्रबार, बैशाख ३ २०७८
725
Shares


गोरखा । तीन दिनदेखी बेपत्ता एक युवकको शव झुण्डीएको अवस्थामा फेला परेको छ ।

गोरखा नगरपालिका वडा नं. ८ थाकलडाँडाका २७ वर्षीय मिनप्रसाद रोका मृत अवस्थामा फेला परेका हुन् । उनी तीन दिनदेखी बेपत्ता थिए ।

गत चैत ३१ गते राती घरबाट पसल जान निस्केका रोका सम्पर्कविहीन भएका थिए । त्यसपछि खोजतलासको क्रममा आज थकालडाँडाको पाखोमा झुण्डीएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धर्म अधिकारीले जानकारी दिए ।

शव पोष्मार्टम गर्नका लागी गोरखा अस्पताल ल्याउने तयारी भई रहेको प्रहरी निरीक्षक अधिकारीले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार