• बुधबार, असोज १४ २०८३

‘कोरोना संक्रमण देखिएका विद्यालय एक हप्ता बन्द गर्नू ’


शुक्रबार, बैशाख ३ २०७८
625
Shares


काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना संक्रमित भएका विद्यालय एक हप्ताका लागि बन्द गर्न अनुरोध गरेको छ।

शुक्रबार नगरपालिकाको शिक्षा विभागले महानगरभित्रका विद्यालयहरूलाई एक पत्र पठाउँदै कोरोना संक्रमित भएका विद्यालय बन्द गर्न आग्रह गरेको हो।

विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्न भनिएको छ।

कोरोना संक्रमित नभएको विद्यालयमा कोरोनाविरूद्ध अपनाउनुपर्ने मापदण्ड पूरा गर्न आग्रह गरिएको छ।

साथै, त्यस्तो विद्यालयमा अभिभावक समेतको सहमति लिन भनिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार