कोरोनाभाइरसको संक्रमण भएका सुर्खेतका ३१ वर्षीय एक युवकको शुक्रबार बिहान बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ।
गुर्भाकोट नगरपालिका—१३ सुर्खेतका ती युवक एक साताअघि भारतबाट घर फर्किएका थिए।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनी नेपालगञ्ज मेडिकल कलेजमा पुगेका थिए। पिसिआर परीक्षणका क्रममा चैत ३१ गते उनलाई कोरोना पुष्टि भएको थियो। सोही दिन नै उनी अस्पताल भर्ना भएका थिए।
उपचारका क्रममा शुक्रबार बिहान साढे सात बजेतिर नेपालगञ्जस्थित भेरी अस्पतालमा उनको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए।
वलीका अनुसार मृतकमा यसअघि कुनै पनि प्रकारको दीर्घ रोगको समस्या थिएन।