• मंगलबार, असोज १३ २०८३

चट्याङ लागेर एक बालिकासहित दुई जनाको मृत्यु


शुक्रबार, बैशाख ३ २०७८
655
Shares


चट्याङ लागेर एक बालिकासहित दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा तेह्रथुम, छथर गाउँपालिका—६ असिनेकी ९ वर्षीया बालिका रोहिता मगर र भोजपुर षडानन्द नगरपालिका—८ निगुरेकी ६० वर्षीया मनमाया राई रहेका छन्।

बिहीबार बेलुका ७ बजे बालिका मगरको आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर टाउकोको बायाँ भागदेखि घाँटीसम्म जलेको थियो।

उनलाई उपचारका लागि लैजाने तयारी गर्दैगर्दा राति मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, चट्याङ लागेर बेहोस भएर लडेकी राईको टाउकोमा चोट लागेको थियो।

उनको प्राथमिक स्वास्थ्य केन्द्र मुलपानी गौचरण दिङ्लामा उपचारको क्रममा बेलुका साढे ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार