
गोरखा । बिहीबार साँझ देखि राती अबेरसम्म आएको भिषण हावाहुरीले जनजीवन प्रभावित भएको छ ।
हावाहरुसँगै मेघगर्जन सहित पानी पर्दा गोरखा सहित देशभरका विभिन्न ठाउँको जनजीवन प्रभावित बनेको छ । हावाहुरीले कतिपय स्थानमा घर, धन्सार, परालको टौवा, गोठ लगायतका संरचना भत्काएको खबर प्राप्त भएको छ ।


ठाउँठाउँमा रुखहरु ढल्दा जिल्लाका विभिन्न ठाउँमा विद्युत सेवा सेमत अबरुद्ध स्थानीयहरुले टेलिफोन मार्फत गुनासो गरेका छन् । राती अबेर सम्म जिल्ला सदरमुकाममा समेत विद्युत सेवा ठप्प बनेको थियो ।
रातको समयमा हावाहुरी आएकोले कहाँ कति क्षति भयो भन्ने एकिन जानकारी आइनसकेको प्रहरीले जनाएको छ । विभिन्न ठाउँमा सम्र्पकको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।



हावाहुरी र चट्याङका कारण विभिन्न ठाउँमा प्रहरी सम्र्पक समेत टुटेको बताइएको छ । केही दिन यता जिल्लाको मौसम प्रतिकुल बनेको छ ।
केही दिन अघि गोरखाको बारपाक सुलिकोट, आरुघाट, सिरानचोक र अजिरकोट क्षेत्रमा भिषण असिना पानी गर्दा किसानले लगाएको अन्नबाली नष्ट भएको थियो ।
