गोरखा । प्रथम भीमसेन थापा मसेल कप फुटबल तथा नृत्य प्रतियोगिता सुरु भएको छ । बैशाख ५ गते सम्म चल्ने प्रतियोगितामा २४ टिम सहभागी छन् ।

प्रतियोगिताका एक कार्यक्रमका वीच गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेले उद्घाटन गरेका छन् । जलकन्या युथ क्लवको आयोजनामा भएको प्रतियोगिता पहिलो हुनेले शिल्ड मेडल र प्रमाणपत्र सहित ६१ हजार ५००, दोश्रो हुनेले ३५ हजार ५ सय, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
बुधबार भएको लोकनृत्य प्रतियोगितामा पहेर मनकामना युवा क्लव पहिलो भएको छ । ९ समूहको सहभागिता रहेको प्रतियोगितामा बृन्द्धावती माध्यामिक विद्यालय दोस्रो र दुल्लव माध्यामिक विद्यालयको समूह तेश्रो भएको छ ।

बिजेताले क्रमश पहिलो हुनेले ३ हजार, दोश्रो हुने २ हजार, तेश्रो हुनेले १५ सय साथमा प्रमाणपत्र पुरस्कार पाउनेछन् ।
कार्यक्रम आयोजक समितिका सचिव सितल गुबाजुले जानकारी दिए ,जलकन्या युथ क्लवका अध्यक्ष सुबोद भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष पाण्डे, उपाध्यक्ष विनु वाग्ले, वडा नम्बर ३ का अध्यक्ष लिलानाथ लामिछाने, वडा २ का अध्यक्ष नारायण भट्टराई, १ का अध्यक्ष बद्रिनारायण श्रेष्ठ, नेपाली काँग्रेस वडा सभापती गुप्तबहादुर बानियाँ, माओवादी केन्द्रका गाउँकमिटी अध्यक्ष बालकृष्ण सुनार, राष्ट्रिय मानव अधिकार आयोगका कर्णाली प्रदेश प्रमुख किरण बराम, नेपाल रेडक्रश सोसाइटी गोरखा शाखाका उपमन्त्री भीमसेनकाजी बानियाँ, दुल्लव क्याम्पस प्रमुख कमलप्रसाद भट्ट, बृद्रावती माविका प्रधानाध्यापक उत्तरनारण श्रेष्ठ, आयोजक समितिका शिवकुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।
