गोरखा । गोरखाको धार्चे गाउँपालिमा आलु भण्डारण केन्द्र निमार्ण गरिएको छ ।

गाउँपालिका — ७ सिरानगाउँमा १९ लाख रुपैयाँ लागानीमा आलु भण्डारण केन्द्रको निर्माण गरिएको हो ।
यस क्षेत्रमा उत्पादन हुने आलुको बिउ लामो समयसम्म सुरक्षित राख्न नसकिएको भन्दै भण्डारण केन्द्रको निर्माण गरिएको नमुना कृषक समुहका अध्यक्ष सुर्य गुरुङले जानकारी दिए ।



स्वाँरा सघन गाउँ बिकास केन्द्रले सिआरएससँगको साझेदारीमा भण्डारण केन्द्रको निर्माण गरिएको अध्यक्ष गुरुङले बताए ।
भण्डारण केन्द्र निर्माणका लागि स्वाँरा सघनसंग कृषि समुहले समन्वय गरेको थियो । उत्त केन्द्रमा १३ टन सम्म आलु भण्डारण गर्न सक्ने क्षमता रहेको उनको भनाइ छ ।

केन्द्र स्थापना हुनु भन्दा पहिला घरमा नै बिऊ राख्दा तापक्रम नमिल्ने, छिटो उम्रने, बिउ चाउरी पर्ने जस्ता समस्याबाट किसान हैरान हुने गरेका थिए। केन्द्रको निर्माण संगै स्थानियले खुशी भएका छन् ।
करिब २ सय घर धुरी रहेको सिरानगाँउ क्षेत्रमा प्रत्येक परिवारले कम्तिमा ३ मुरी आलु उत्पादन गर्दै आएका छन् ।यो क्षेत्र आलु उत्पादनका हिसावले उत्कृष्ट क्षेत्र मानिदैँ आएको छ ।

भण्डारण केन्द्रको गोरखा क्षेत्र नम्बर १ का संघिय सांसद हरिराज आधिकारीको उद्घाटन गरेका हुन् ।