• मंगलबार, साउन २६ २०८३

झुठा आरोपमा शिक्षक पक्राउ गरेको भन्दै आक्रोशमा विद्यार्थीले विधालयमा ताला लगाए


बिहिबार, बैशाख २ २०७८
985
Shares


गोरखा । केही दिन अघी यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका शिक्षक निर्दोश भएको भन्दै आक्रोशित विधार्थीले विधालयमा ताला लगाई दिएका छन् ।

सिरानचोक गाँउपालिका वडा नं. ७ स्थित जनकल्यण माविमा निजी श्रोतमा कार्यरत शिक्षक जलेन्द्र चौधरीलाई कक्षा कोठा भित्रै छात्राहरुलाई अस्वभाविक यौज जन्य क्रियाकलाप गरेको भन्दै प्रहरी समक्ष जाहेरी परेको थियो ।

उक्त जाहेरीको आधारमा चौधरीलाई गत ३० गते सोमबार पक्राउ गरी मंगलबार दुराचार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाएको थियो ।

तर, आज रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं. ८ घर भएका २६ वर्षीय शिक्षक चौधरीलाई झुठा आरोप लगाई पक्राउ गरेको भन्दै विद्यार्थीहरुले विद्यालयमा ताला लगाएर विरोध प्रदर्शन गरेको प्रधानाध्यापक कमलप्रसाद ढकालले जानकारी दिए ।

प्रधानाध्यापक ढकालका अनुसार आक्रोशित विधार्थीले बिहानैदेखि विद्यालय हाता भित्र नारा जुलुस लगाई रहेका छन् ।

अरु कुनै रिसीवीको कारणले शिक्षकलाई फँसाउन मात्र खोजिएको हो भनेर संगै पढेका विद्यार्थीहरुले नारा जुलुस लगाई रहेको प्रधानाध्यापक ढकालले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार