Modern metal handcuffs. Vector illustration in flat style
काठमाडौं । प्रहरीले दुई केजी गाँजासहित १४ वर्षीय बालकलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय ईनर्वाबाट खटिएको टोलीले शंका लागी जाँच गर्दा वीरगञ्जको शंकराचार्य गेटबाट बालकको शरीरमा प्लाष्टिकले बेरेको अवस्थामा उक्त परिमाणको गाँजा बरामद परेको हो ।

बरामद गरिएको गाँजासहित बालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
उनीमाथि लागूऔषधसम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।