• मंगलबार, साउन २६ २०८३

अब घरमै बसेर जग्गाको नक्सा प्रिन्ट गर्न सकिने


बिहिबार, बैशाख २ २०७८
730
Shares


काठमाडौं । अबदेखि इन्टरनेटबाटै घरजग्गाको नक्सा हेर्न र आफैं प्रिन्ट गर्न मिल्ने भएको छ ।

नापी विभागमा बिहीबार आयोजित औपचारिक समारोहबाट प्रधानमन्त्री केपी शर्मा ओलीले यो व्यवस्थाको शुभारम्भ गर्ने छन् ।

यो व्यवस्था कार्यान्वयनमा आएपछि आफ्नो घर जग्गाको नक्शा प्रिन्ट गर्न र त्यसवापतको शुल्क बुझाउन कार्यालय धाइरहनु नपर्ने विभागले जनाएको छ । ‘मेरो कित्ता डट जिओभी डट एनपी’ लगइन गरेर यो सेवा लिन सकिने विभागका अधिकारीको भनाइ छ ।

नापी विभागका सूचना अधिकारी दामोदर ढकालले सेवाग्राहीलाई सहजरुपमा छिटोछरितो सेवा दिन तथा प्रविधिमैत्री बनाउन यो सेवा सुरु गरिएको बताए ।

सूचना अधिकारी ढकालका अनुसार बिहीबार यो सेवा काठमाडौं उपत्यकाका डिल्लीबजार, कलंकी र भक्तपुरको कार्यालयमा लागू हुनेछ । त्यसपछि क्रमशः देशभर कार्यान्वयनमा ल्याइने विभागले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार