• मंगलबार, साउन २६ २०८३

कोरोना संक्रमणबाट थप एकको मृत्यु


बिहिबार, बैशाख २ २०७८
600
Shares

काठमाडौं । कोरोना संक्रमणका कारण बाँकेमा थप एकजना पुरुषको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेको खजुरा—२ का ४२ वर्षीय पुरुषको उपचारको क्रममा बुधबार राति १० बजे मृत्यु भएको हो ।

नेपालगञ्जस्थित मेडिकल कलेजमा बुधबार नै गरिएको पीसीआर परीक्षणमा उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टिभएसँगै अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा बुधबार राति मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार