• मंगलबार, साउन २६ २०८३

१८ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा एक पक्राउ


बिहिबार, बैशाख २ २०७८
605
Shares

काठमाडौं । काठमाडौंमा १८ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ घर भएका ३४ वर्षीय वीरबहादुर तामाङलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

नागार्जुन नगरपालिका–६ फस्कुस्थित टहरामा वीरबहादुरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने सूचना प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार