• मंगलबार, साउन २६ २०८३

मदिरा सेवन गरेर मोटरसाइकल चलाउँदा एकको मृत्यु


बिहिबार, बैशाख २ २०७८
770
Shares

काठमाडौं । मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा भक्तपुरमा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक घाइते छन्।

बुधबार मध्यराति नयाँ वर्षको दिन भक्तपुरबाट काठमाडौं जाँदै गरेको बा५३प ६९३८ नम्बरको मोटरसाइकल मध्यपुर ठिमी नगरपालिका—४ एसएस चोकनजिक दुर्घटना भएको हो।

प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल पछाडि सवार धुलिखेल नगरपालिका१० का ३२ वर्षीय महेश शाहको मृत्यु भएको हो।

दुर्घटनामा सोही ठाउँ बस्ने चालक २२ वर्षीय महेन्द्र शाह घाइते छन्। उनको मध्यपुर अस्पताल ठिमीमा उपचार भइरहेको छ। मोटरसाइकल सडकको बायाँतर्फको रेलिङमा ठोक्किएर दुर्घटना भएको थियो।

दुबैले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ। नयाँ वर्ष मनाउने क्रममा मदिरा सेवन गरी तीव्र गतिमा मोटरसाइकल चलाउँदा दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार