• मंगलबार, साउन २६ २०८३

फुटसल प्रतियोगिताको उपाधी ओसन क्लवलाई


बिहिबार, बैशाख २ २०७८
850
Shares


गोरखा । द ओसन क्लवले आयोजना गरेको फुटसल प्रतियोगिताको उपाधी आयोजक क्लबले नै जितेको छ ।

गोरखा नगरपालिका वडा नम्बर ९ दलभञ्ज्याङ्ग स्थित क्लबको खेलमैदानमा मंगलवारदेखि सुरु भएको फुटसल प्रतियोगितामा आयोजक द ओसन क्लब विजयी भएको हो । बुधबार भएको फाइनल खेलमा रिपुमर्दन गणलाई पेनाल्टिमा २–१ गोलले पराजित गर्दै ओसन क्लब प्रथम भएको हो ।

बुधबार जम्मा ११ वटा खेल भएको प्रतियोगिता अन्र्तगत पहिलो खेल चाइनिज धारा र हिमालयन नेट बिच भएको थियो । उक्त खेलमा चाइनिज धारा ३–१ ले बिजयी बन्यो ।

धारापानी र जि स्टार बिच भएको खेलमा ५–२ ले धारापानी बिजयी भयो । रिपुमर्दन गण र त्रिवेणी युवा क्लब बिचको खेलमा ७–२ गोल अन्तरले रिपुमर्दन बिजयी बन्यो ।

ओसन क्लब र चाइनिजधारा बिचको खेल २–२ गोल भइ पेनाल्टिमा ३–२ अन्तरले ओसन क्लब बिजयी भयो । रिपुमर्दन गण र नेपाल युनाइटेड बिचको खेलमा रिपुमर्दनले २–१ को जित निकाल्यो । धारापानी र हरमटारी बी बिचको खेलमा धारापानीले १–० गोल अन्तरले जित्यो ।

रिपुमर्दन र हरमटारी ए बिचको खेलमा ३–३ गोल भइ पेनाल्टिमा ३–२ अन्तरले रिपुमर्दन गण बिजयी बन्यो । । ओसन क्लव र धारापानी बिचको खेल २–१ ले ओसन क्लब फाइनलमा प्रवेश गरेको थियो ।

प्रतियोगितामा गोरखा भित्र र बाहिरका गरी २३ टिम सहभागीता रहेको आयोजक द ओसन क्लवका अध्यक्ष अमित खत्रीले बताए । प्रतियोगितामा पहिलो हुने ओसन क्लबलाई नगद रु.२० हजार र दोस्रो हुने रिपुमर्दन गणलाई नगद रु. १० हजार पुरस्कार दिइएको क्लवले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार