• मंगलबार, साउन २६ २०८३

कक्षा कोठामै छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा गोरखामा एक शिक्षक पक्राउ


मंगलबार, चैत्र ३१ २०७७
1.1K
Shares

गोरखा । गोरखामा छात्रालाई यौन दुर्व्यवहार गरेको आरेपमा प्रहरीले एक जना शिक्षकलाई पक्राउ गरेको छ ।

सिरानचोक गाँउपालिका वडा नं. ७ स्थित जनकल्यण माविमा निजी श्रोतमा कार्यरत शिक्षक जलेन्द्र चौधरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय गोरखाका डिएसपी प्रकाश दहालले जानकारी दिए ।

रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं. ८ घर भएका २६ वर्षीय चौधरीले विभिन्न मितीमा १३/१४ वर्षका छात्रालाई कक्षाकोठामा पठाउने क्रममा नै दुर्व्यवहार गरेको प्रहरीमा जाहेरी परेको छ ।

चौधरीले पटक पटक बालिका विधार्थीहरुलाई डर त्रास देखाएर अस्वभाविक यौज जन्य क्रियाकलापहरु गर्ने गरेको प्रराम्भिक अनुसन्धानबाट खुलेको डिएसपी दहालले बताए ।

हिजो पक्राउ गरेका चौधरीलाई बाल यौन दुर्व्यवहार शिर्षकमा जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार