काठमाडौं । नेपालमा थप पाँच सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४ हजार ३ सय ८६ जनामा पिसिआर गर्दा ४ सय ६० र ८ सय १७ मा एन्टिजेन परीक्षण गर्दा ५७ लाई कोरोना पुष्टि भएको हो।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८० हजार ९ सय ८४ पुगेको छ।
पछिल्लो २४ घन्टामा १ सय ५३ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७४ हजार ३ सय १८ पुगेको छ।
त्यस्तै, कोरोनाको संक्रमणबाट थप पाँच जनाले ज्यान समेत गुमाएका छन्। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ५८ पुगेको छ।