• मंगलबार, साउन २६ २०८३

झुण्डिएको अवस्थामा अचेत फेला परेकी महिलाको मृत्यु


मंगलबार, चैत्र ३१ २०७७
725
Shares


झुण्डिएको अवस्थामा अचेत फेला परेकी एक महिलाको मृत्यु भएको छ।

कृष्णपुर नगरपालिका—९ राजघाटकी १९ वर्षीया विवाहित महिला मञ्जरी बोहरा सोमबार राति झुण्डिएको अवस्थामा अचेत फेला परेकी थिइन्।

अचेत फेला परेकी उनको उपचारको लागि धनगढीको नवजीवन अस्पतालमा ल्याइएको थियो।

उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार