• मंगलबार, साउन २६ २०८३

नुहाउने क्रममा खोलामा डुबेर दुई बालकको मृत्यु


मंगलबार, चैत्र ३१ २०७७
840
Shares


नुहाउने क्रममा डुबेर गुल्मीमा दुईजना बालकको मृत्यु भएको छ ।

जिल्लाको मदाने गाउँपालिका—३ सिर्सेनीमा दुईजना बालकको खोलामा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

मृत्यु हुनेहरुमा मदाने गाउँपालिका–१ अग्लुङका ५ बर्षका सुमन विक र प्युठान गौमुखी गाउँपालिका–५ खुँगका ८ बर्षका गोविन्द विकको ज्यान गएको पाण्डेले बताए ।

बिहान साढे ११ बजे स्थानीय पनाह खोलाको दहमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो ।

पनाहाखोलाको ढाडको रह भन्ने स्थानमा नुहाउने क्रममा एक्कासि पानिमा डुबि बेहोस अवस्थामा आफन्तले फेला पारी उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र पुर्कोटदह गुल्मिमा उपचारको क्रममा ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार