• बुधबार, साउन १३ २०८३

चितवनमा एक कोरोना संक्रमितको मृत्यु


मंगलबार, चैत्र ३१ २०७७
545
Shares

चितवन । कोरोना संक्रमणका कारण चितवनमा एक पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१८ का ५२ वर्षीय पुरुषको संक्रमणका कारण आज मंगलबार मृत्यु भएको हो ।

निमोनिया, मधुमेह र रक्तचापको उपचारका लागि चैत २२ गते भरतपुर अस्पताल पुगेका उनको सोही दिन नमूना परीक्षण गर्दा कारोना पुष्टि भएको थियो ।

संक्रमण् पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको मंगलबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए ।

उनको शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय भइरहेको उनले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार