चिनियाँ स्मार्टफोन ब्रान्ड रियलमी छोटो अवधिमा नेपाली बजारमा स्थापित हुन सफल भएको छ। आकर्षक डिजाइन र मूल्यको महत्व दिने ब्रान्ड भनेर रियलमीलाई चिनिन्छ।


यसले केही समयअघि सार्वजनिक गरेको ‘रियलमी–सी११’ बारे यहाँ उल्लेख गरिएको छ।
लामो समय टिक्ने ब्याट्री र उत्कृष्ट पर्फमेन्सका लागि थप फिचर्ससहित मजबुत बनाएको कम्पनीले बताएको छ।
थोरै मूल्यमा उत्कृष्ट डिजाइन गरिएको उक्त फोनमा ६.५ इञ्चको डिस्प्ले छ।
फोनमा दुई क्यामरा छन्। १३ एमपी र २ एमपी लेन्स छ। त्यस्तै ५ एमपीको सेल्फी क्यामरा छ।
५ हजार एमएएच ब्याट्री क्षमता भएको फोन ३२ जिबी र्याम र २ जिबी रोममा उपलब्ध छ। यसको बजार मूल्य भने १४ हजार ९ सय ९० तोकिएको छ।

सस्तो मूल्यमा उत्कृष्ट फिचर भएको यो फोन युवाको रोजाइमा परेको कम्पनीले बताएको छ। फोन पेपर ग्रे र मिन्ट ग्रिन गरी दुई रङमा छन्।