• बुधबार, साउन १३ २०८३

आजदेखि टेकु अस्पतालले कोभिड बिरामीको मात्र उपचार गर्ने


मंगलबार, चैत्र ३१ २०७७
640
Shares


काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालले आज (मंगलबार)देखि कोभिड उपचार सेवामात्र दिने जनाएको छ।

अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार अस्पतालको अन्तरंग सेवाअन्तर्गत अब कोभिड बिरामीको मात्र उपचार गरिने छ।

पछिल्लो समय कोरोना संक्रमण बढेका कारण अस्पतालको अन्तरंग सेवालाई कोभिडको मात्र उपचार सेवा दिने गरी व्यवस्था गरिएको निर्देशक राजभण्डारीले बताए।

तर एचआइभी र ‘एन्टी रेबिज भ्याक्सिन’ सेवा भने यथावत् रहने उनले बताए। त्यसबाहेक बाह्य साधारण ओपिडी सेवा पनि निरन्तर रहने उनले जनाए।

गत दश दिनयता अस्पतालमा कोभिड संक्रमित भर्ना हुने क्रम बढिरहेको छ। अहिले अस्पतालमा २० भन्दा बढी संक्रमितहरू उपचाररत रहेको अस्पतालले जनाएको छ।

पछिल्लो समय कोरोनाको नयाँ अर्थात ‘यूके भेरियन्ट ’ संक्रमण फैलिएका कारण अस्पतालमा भर्ना हुने संक्रमित संख्या बढेको हो।

उक्त भेरियन्ट अघिल्लो भेरियन्टभन्दा घातक रहेका कारण अस्पताल भर्ना हुने संक्रमित अझै बढ्ने विज्ञहरूले बताउँदै आएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार