• सोमबार, साउन २५ २०८३

भैंसी उफ्रिएपछि डोरीमा बेरिएर एक जनाको मृत्यु


मंगलबार, चैत्र ३१ २०७७
560
Shares


भैंसी बाँधेको डोरीमा अल्झिएर एकजना वृद्धाको मृत्यु भएको छ । सप्तरीको बलान बिहुल गाउँपालिका वडा—३ महुवा बस्ने ७० वर्षीया जयाबतीदेवी मण्डलको भैंसी बाँधेको डोरीमा अल्झिएर मृत्यु भएको हो ।

खेतमा भैंसी चराउन जाँदा एक्कासी भैँसी उफ्रिएपछि डोरी मण्डलको दाँया हातमा अल्झिएको थियो । त्यस क्रममा भैंसीले घिसार्दा उनको टाउको, अनुहारसहित शरीरको विभिन्‍न भागमा चोट लागेर गम्भीर घाइते भएकी थिइन् ।

उनलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

मृतकको शवलाई पोष्टमार्टमका लागि सिरहाको लहान अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार