• मंगलबार, असोज १३ २०८३

रवि लामिछानेको पहलमा बनाएको रास्कोट अस्पताल सञ्चालनमा


मंगलबार, चैत्र ३१ २०७७
685
Shares


पत्रकार रवि लामिछाने सहितको पहलमा कालिकोटको रास्कोटमा अस्पताल भवन निर्माण गरी आजदेखि सेवा सुरू भएको छ।

अस्पताल भवन हस्तान्तरण तथा सेवा शुभारम्भ कार्यक्रमका लागि पत्रकार लामिछाने रास्कोटमा छन्।

मंगलबार उक्त अस्पताल भवन हस्तान्तरण भएको हो। अस्पतालले पूर्ण रूपमा नयाँ भवनबाट सेवा सुरू गरेको जनाएको छ।

अस्पताल १५ शय्या क्षमताको हो। आकस्मिक कक्षमा पाँच शय्या छ। यहाँ एमबिबिएस गरेका चिकित्सक रहन्छन्।

अस्पताल निर्माणका लागि स्वदेश र विदेशबाट सहयोग उठेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार