काठमाडौं । ‘इकु’ नामक पात्रमा अभिनय गरेपछि कलाकार सुलेमान शंकर हिट भए । ‘मेरी बास्सै’ नामक हाँस्य सिरियलमा उनले यो पात्रको अभिनय गरेका थिए ।

पछि, यो सिरियलबाट बाहिरिएपछि उनले ‘इकु’को नाममा २ वटा चलचित्र समेत बनाए । तर, वर्तमान पुस्ताले भने यो पात्रलाई विर्सिसकेको छ ।
तर, अब दर्शकले फेरि उनलाई पर्दामा ‘इकु’को भूमिकामा हेर्न पाउने भएका छन् । मरिचमान श्रेष्ठ र राजु पौडेलको निर्देशनमा तयार भैरहेको ‘हल्का रमाइलो’ नामक कमेडी सिरियलमार्फत इकु सानो पर्दामा फर्किएका हुन् ।
सिरियलमा नयाँपन दिनका लागि इकुलाई श्रृङ्खलामा भित्राइएको निर्देशक श्रेष्ठले बताए ।

सुलेमानले पहिलेका बालबालिकालाई ‘इकु’को बारेमा थाहा भएपनि अहिलेका बालबालिकालाई आफ्नो चरित्रको बारेमा थाहा नभएको भन्दै टेलिभिजनमा फर्किन पाएकोमा खुशी व्यक्त गरे ।
यो सिरियल हरेक आइतबार बेलुकी ९ बजेबाट नेपाल टेलिभिजनमा प्रशारण हुँदै आएको छ ।