• मंगलबार, असोज १३ २०८३

मोबाइल चार्ज गर्दा करेन्ट लागेर एकको मृत्यु


मंगलबार, चैत्र ३१ २०७७
835
Shares


एक महिलाको मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

उदयपुर कटारी नगरपालिका४ सिम्लेकी ३९ वर्षीया मनकुमारी मगर दनुवारको करेन्ट लागेर सोमबार बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ।

सोमबार बेलुका साढे ५ बजे घरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर दनुवार घाइते भएकी थिइन्।

उपचारका लागि शान्ति हेल्थ केयर मिर्चैया सिरहा पुर्‍याउँदा दनुवारको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार