• आइतबार, साउन ३१ २०८३

अधिकारकर्मीको दुखेसो ः अपाङ्गता भएकाहरुको अधिकार नारामा मात्रै सिमित भयो


मंगलबार, पुष ८ २०७६
1.5K
Shares

गोरखा । राज्यले अपाङ्गता भएका व्यक्तिहरुका लागि दिएको अधिकार नारामा मात्र सिमित रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

ह्यान्डिक्याप ईन्टरनेशल फेडेरेशनको सहयोगमा एकिकरण नेपाल गोरखाले सञ्चालन गरेको ‘स्वास्थ्य र सामाजिक सुरक्षा अपाङ्गता भएका महिला तथा बालबालिकाहरुको पहुँचमा सहजीकरण परियोजना’ ले गरेको छलफल कार्यक्रममा बोल्दै सरोकारवालाहरुले कानूनले निर्दिष्ट गरेको व्यवस्था व्यवहारमा लागु हुन नसकेको बताएका हुन् ।

‘गोरखाका अधिकाशं कार्यालयहरु अपाङ्गतामैत्री छैनन्, अपाङ्गता भएकाहरुका लागि शौचालयहरु बन्न सकेका छैनन’ नेत्रहिन संघ गोरखाका अध्यक्ष पवन बस्नेतले भने ‘यातायातमा सहुलियत छ । न अन्य सुेवा सुबिधामा अपाङ्गता भएकाहरुको प्रतिनिधित्व नै हुन्छ ।’

अधिकाशं सरकारी कार्यालयका प्रमखको कार्यकक्ष माथिल्लो तल्लामा हुँदा अपाङ्गता भएका व्यक्तिहरुले सेवा सुबिधा लिन समस्या भएको उनले बताए । सो अबसरमा बोल्दै अपाङ्ग महिला संघकी जिल्ला अध्यक्ष रत्ना गुरुङले समाजमा हुने बलत्कारका घटनामा अपाङ्गता भएका महिला बढि पिडित हुने गरेको बताइन् ।

त्यस्तै कार्यक्रममा परियोजना मार्फत चालु आर्थिक वर्षमा गोरखा नगरपालिका भित्र सञ्चालन भएका कार्यक्रम बारे जानकारी गराइएको थियो । गोरखा नगरपालिका भित्रका अपाङ्गता भएका ५५ जना व्यक्तिले परिचय पत्र लिएका छैनन् ।

६३३ जनामा कुनै न कुनै खालको अपाङ्गता भएका मानिसहरु रहेको गोरखा नगरपालिकामा ५५ जनाले हालसम्म परिचयपत्र निर्माण नगरेको उक्त परियोजनाले संकलन गरेको तथ्याङ्कमा उल्लेख छ । गोरखा नगरपालिका भित्र बस्ने १० जना अपाङ्गता भएका महिलाहरुलाई जिबिकोपार्जनमा सहयोग गरिएको छ ।

त्यस्तै महेन्द्र ज्योति मावि दरबार मार्ग र पश्लाङ शहरी स्वास्थ्य केन्द्रलाई अपाङ्गतामैत्री बनाउन २ लाख ४५ हजार रुपैयाँ खर्च गरी ¥याम्प निर्माण गरिएको परियोजना अधिकृत रमा सिंखडाले जानकारी दिइन् ।

अपाङ्गता भएको व्यक्तिहरुको क्षमता बिकास तथा जनचेतनाको लागि विद्यालय व्यवस्थापन समिति शिक्षक र सरोकारवालाहरु विच अभिमुखीकरण कार्यक्रमहरु सञ्चालन गरिएको एकिकरण नेपालले जनाएको छ ।

अपाङ्गता सम्बन्धी तथ्याङ्क व्यवस्थापनका लागि गोरखा नगरपालिकालाई प्रिन्टर सहयोग, प्रारम्भिक बालबिकास सम्बन्धी तालिम, शैक्षिक सामाग्री बितरण जस्ता कार्यक्रमहरु पनि सञ्चालन गरिएको एकिकरण नेपालले जनाएको छ ।

जसअन्र्तगत चालु आर्थिक बर्षको हालसम्म १५ लाख २४ हजार ३ सय ४१ रुपैयाँ खर्च भएको सिंखडाले जानकारी दिइन् । कार्यक्रमको सहजीकरण गर्दै एकिकरण नेपालका कार्यकारी निर्देशक हरि देवकोटाले आमसञ्चार माध्यम, राज्य र सामाजिक संघ सस्था सबै मिलेर अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मसम्मानका साथ बाँच्न सक्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा पत्रकार महासंघका जिल्ला उपाध्यक्ष दिपक श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार प्राप्तीका लागि जिल्लाका सम्र्पूण सञ्चारकर्मी एवं पत्रकारहरुले रचनात्मक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार